Media Network

बराबरीमा रोकियो टोटनहम


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७९,मंगलवार

लण्डन । माइकल किनले खेलको अन्तिम मिनेट लामो रेञ्जबाट उत्कृष्ट गोल गरेपछि एभर्टनले टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ । दुवै टोली १० खेलाडीमा सीमित बनेको खेल १–१ को बराबरीमा सकिएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै एभर्टनका मिडफिल्डर अब्दुलये डोकुरेले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि ६८ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको ८८ औँ मिनेटमा लुकास मोउराले पनि रातो कार्ड पाएपछि दुवै टोली १० खेलाडीमा सीमित बने । स्पर्स जीततर्फ अघि बढिरहँदा डिफेन्डर किनले २५ यार्ड टाढाबाट गोल गर्दै सन डाइचको टोलीलाई रेलिगेसन जोनबाट बाहिर निकाले । 
बराबरीपछि स्पर्स म्यानचेस्टर युनाइटेडलाई उछिन्दै लिगको चौथो स्थानमा उक्लिएको छ । एभर्टन लिगको १५ औँ स्थानमा रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद