Media Network

एनएसएलमा आज धनगढी र काठमाडौं भिड्दै


खबरस्टोरी संवाददाता

२ पुष २०८०,सोमबार

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा आज धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दशरथ रगशालामा साँझ ६ बजेबाट सुरु हुनेछ ।

धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुनेछ भने काठमाडौं पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा हुनेछ ।हालसम्म भएका कुनैपनि खेलमा धनगढी पराजित भएको छैन । धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ । यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौं ८ अंकसहित चौथो स्थानमा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद