Media Network

एनएसएलमा बुटबल र धनगढी खेल्दै


खबरस्टोरी संवाददाता

१४ मंसिर २०८०,बिहीबार

काठमाडौ। नेपाल सुपर लिगमा आज धनगढी एफसीले बुटवल लुम्बिनीको सामना गर्ने छ ।खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा ५ः३० मा हुने छ ।

धनगढी र बुटबलको यो प्रतियोगितामा दोस्रो खेल हो । धनगढी तीन अंकका साथ चौथो स्थानमा रहेको छ भने पुछारमा रहेको बुटवलले अंकको खाता नै खोलेको छैन् । धनगढीले आफ्नो पहिलो खेलमा बिरगंज युनाइटेडलाई पराजित गर्दा बुटवल ललितपुर सिटी एफिसीसँग पराजित भएको थियो ।

उक्त खेलको टिकट आइएमई पेमार्फत किन्न सकिनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद