Media Network

एन्फा कार्यवाहक अध्यक्षमा दावा लामा


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं । उपाध्यक्ष दावा लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । 

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ कतारमा मंसिर ४ गतेदेखि सुरु हुने कतार विश्वकपको उद्घाटन समारोहमा सहभागी हुने भएपछि उपाध्यक्ष लामाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

अध्यक्ष नेम्वाङ विश्वकपका लागि आज (शुक्रबार) कतार प्रस्थान गर्दैछन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद