Media Network

एपीएफले उचाल्यो प्रधानमन्त्री कपको उपाधि


खबरस्टोरी संवाददाता

१८ पुष २०८०,बुधबार

काठमाडौं । कोशीलाई ११ रनले पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० कपको उपाधि उचालेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा जम्मा १०३ रन बनाउदै पराजित भएको हो।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए ।
एपीएफका लागि सीता राना मगर र करुणा भण्डारीले १÷१ विकेट लिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद