Media Network

एस्टन भिल्ला सामु एभर्टन पराजित


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लाले एभर्टनलाई पराजित गरको छ । शनिबार घरेलु मैदानमा एस्टन भिल्लाले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा डानी इन्ग्स र एमी बुएनडियाले एक एक गोल गरेका हुन् । त्यस्तै एभर्टनका लागि एक गोल एस्टन भिल्लाका लुकास डिग्नेले आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै एस्टन भिल्लाले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । एस्टन भिल्ला यस सिजनको पहिलो खेलमा बोर्नमाउथसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

त्यसैगरी एभर्टनले भने यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । एभर्टनले यस सिजनको पहिलो खेलमा चेल्सीसँग १–० को हार बेहोरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद