Media Network

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को फर्स्ट लुक सार्वजनिक


खबरस्टोरी संवाददाता

१ भाद्र २०८०,शुक्रबार

काठमाडौं । पशुपति प्रसाद २ भष्मे डन’को फर्स्ट लुक सार्वजनिक भएको छ।फिल्मका लेखक तथा निर्माता खगेन्द्र लामिछानेले फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘आज यस्तो संयोग पर्यो, आजभन्दा सात वर्ष अगाडि ठीक आजैको दिनमा पशुपति प्रसादको फर्स्ट लुक सार्वजनिक भएको रैछ।’

पोस्टरमा अभिनेता विपिन कार्की भष्मे अवतारमा देखिएका छन्। यो विपिनको पुरानै अवतार हो। स्वस्तिमा खड्का देवी अवतारमा देखिएकी छन् भने सौगात मल्ल जोगीको भेषमा देखिएका छन्।

 यो फिल्म ७ वर्षअघि निर्माण भएको ‘पशुपतिप्रसाद’को सिक्वेल हो। फिल्ममा भष्मे डनको चरित्रलाई दर्शकले रुचाएका थिए।फिल्म आगामी दसैंको फूलपातीमा रिलिज हुनेछ। फिल्ममा विपीन, सौगात र स्वस्तिमासँगै प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर र वर्षा शिवाकोटी लगायतका कलाकारको भूमिका छ। फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद