Media Network

फिल्मको पोष्टर टाँस्नेलाई ५० हजार जरिवाना


खबरस्टोरी संवाददाता

२ श्रावण २०८०,मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।महानगरपालिकाले नेपाली चलचित्र ‘वगान’को पोष्टर वितरकले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

फिल्मको वितरक नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य प्रदूषण र फोहोरमैला गरेको भन्दै जरिवाना तिराएका हौं, महानगरभित्र जथाभावी पोष्टर टाँस्न पाइँदैन,’ पाण्डेले भने ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद