Media Network

गायक अरमान मलिकले गरे प्रेमिकासँग इन्गेजमेन्ट


खबरस्टोरी संवाददाता

११ भाद्र २०८०,सोमबार

बलिउडका चर्चित गायक अरमान मलिकले सोमबार आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका छन् । अरमानले आशना श्राफसँग इन्गेजमेन्ट गरेका हुन् । यी दुईले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा इन्गेजमेन्टको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् ।

अरमानले इन्स्टाग्राममा तीनवटा तस्बिर साझा गरेका छन् । पहिलो फोटोमा गायक घुँडा टेकेर आफ्नी प्रेमिकालाई औँठी लगाइरहेको देखिएका छन् ।यस्तै दोस्रो फोटोमा उनीहरू एक अर्कालाई अँगालो हालेर खुसी व्यक्त गरिरहेको देख्न सकिन्छ ।

आशना श्राफ फेसन इन्फ्लुएन्सर हुन् । सोसल मिडियामा उनका ९.७५ लाख फलोअर्स छन् । उनले ब्युटी र फेसनसँग सम्बन्धित ब्लग बनाउने गर्छिन् । अरमान मलिक सङ्गीत रचनाकार दब्बु मलिकका छोरा हुन् । उनका दाइ अमाल मलिक पनि सङ्गीत रचनाकार नै हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद