Media Network

गायक जगदीश समालको ‘सरसर माया’ सार्वजनिक


खबरस्टोरी संवाददाता

८ श्रावण २०७९,आईतवार

काठमाडौं । चर्चित गायक जगदीश समालको नयाँ गीत ‘सर सर माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डि.पी खनालको शब्द रचना, शंकर थापा ’’स्माईल’’ को संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

अहिलेको ब्यस्त कलाकार नाजिर हुसेन र रुबिना थापाको साथमा नब कलाकार रोजिना धिमालले अभिनय गरेको म्युजिक भिडियोमा अर्जुन तिवारी र टिमको छाँयाकंन रहेको छ  । भिडियोलाई सुप्रीम पराजुलीले सम्पादन तथा रंग संयोजन गरेका हुन् । 

राजिव समरको नृत्य निर्देशन साथै शान थापाको निर्देशन रहेको यस म्युजिक भिडियोलाई गायक समालको अफिसियल युट्युब च्यानल “जगदिश समाल“ मार्फत सार्वजनिक गरिएको छ । हर्क राई र मधु राईको प्रस्तोता रहेको भिडियोलाई सार्वजनिक भए संगै दर्शकको सकारात्मक प्रतिक्रिया आएको छ । 

भिडियो 


Share:
Reaction :
ताजा समाचार
खेलकुद