Media Network

हाजिरी जमानीमा छुटे अनमोल केसी


खबरस्टोरी संवाददाता

१५ आश्विन २०८०,सोमबार

काठमाडौं । अभिनेता अनमोल केसी छुटेका छन् । ‘आर्थिक लेनदेनमा विश्वासघात’ गरेको आरोपमा शुक्रबार साँझ पक्राउ परेका केसीलाई प्रहरीले हाजिरी जमानीमा छाडेको हो् ।

अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ । तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन् । पक्राउ परेलगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पु¥याइएपनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए ।

शनिबार दिनभर अस्पतालमै बसेका उनलाई आइतबार प्रहरी परिसर टेकु लगिएको थियो । टेकुमा प्रहरीसँगको सोधपुछपछि उनलाई जिल्ला अदालत काठमाडौं पु¥याइएको थियो । उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद