Media Network

जोगिन्दरले ल्याए गाईजात्रे एल्बम ‘गठबन्धन’ (भिडियोसहित)


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौं । ‘गाईजात्रा’ हाँस्य र ब्यङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हाँस्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएका छन् ।

देशको समसामाहिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको प्रभाव, चर्काे मुल्यबृद्धि, जनतामा देखिएको राजनीतिक दलप्रतिको नैराश्यता, युक्रेन र रसिया युद्ध लगायत निकै मार्मिक बिषयहरु उनले यो बर्ष आफ्नो कमेडी एल्बम ‘गठबन्धन’ मा समेटेका छन् । 

भरपुर प्रहसनसमेत रहेको कोसेलीमा फिल्म भैरेको गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाएका छन् । प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा  माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधव कुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई ब्याङ्ग्यको बिषयमा समेटेका छन् ।

बिगत दुई दशक भन्दा लामो समयदेखि गाईजात्रे एल्बम निकाल्दै आएका उनले योसहित २० वटा एल्बम सार्वजनिक गरेका छन् । 

भिडियो ः



Share:
Reaction :
ताजा समाचार
खेलकुद