Media Network

जमानीमा छुटे ओएसआर डीजिटलका प्रमुख ओम अग्रवाल


खबरस्टोरी संवाददाता

२२ आश्विन २०८०,सोमबार

काठमाडौ । फिल्म ‘प्रसाद २’को आर्थिक विवादमा पक्राउ परेका ओएसआर डीजिटलका प्रमुख ओम अग्रवाल रिहा भएका छन् । उनलाई बौद्ध प्रहरीले हाजिरीजमानीमा रिहा गरेको हो ।

अग्रवाललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको थियो । फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो । फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले आफूलाई कुनै जानकारी नै नदिई देश तथा विदेशमा फिल्म रिलिज गरि डेढ करोड क्षती पुर्याएको भन्दै फिल्मका निर्देशक सुदर्शन थापा, सम्पादक मिलन श्रेष्ठ र ओम अग्रवाल विरुद्ध उजुरी दिएका थिए । यसपछि, प्रहरीले यी तिनै जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतले आज अग्रवाललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, अग्रवाललाई प्रहरीले धरौटीमा रिहा गरेको छ

Share:
Reaction :
ताजा समाचार
खेलकुद