Media Network

जर्मनी अष्ट्रियासँग २–० ले पराजित


खबरस्टोरी संवाददाता

६ मंसिर २०८०,बुधबार

काठमाडौं । अर्को वर्ष युरो कप आयोजना गर्ने तयारीमा रहेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोरेको छ ।भियानास्थित एर्न्स्ट हापेल स्टेडियममा भएको खेलमा जर्मनी घरेलु टोली अष्ट्रियासँग २–० ले पराजित भयो ।

अष्ट्रियाले दुवै हाफमा ए/÷एक गोल गरेको थियो । जर्मनीका लरेय साने रातो कार्ड खाँदै मैदान बाहिरिए ।

खेलको २९औं मिनेटमा मार्सेल सबितजरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए ।

४९औं मिनेटमा साने रातो कार्ड खाँदै मैदान बाहिरिएपछि जर्मनी दश खेलाडीमा समेटियो । अष्ट्रियाका लागि क्रिस्टोफ बाउमगार्टनरले ७३औं मिनेटमा दोस्रो गोल गरे ।

सेप्टेम्बरमा मुख्य प्रशिक्षक बनेका जुलियन नागेल्सम्यानको लागि यो लगातार दोस्रो हार हो । यसअघि शनिबार जर्मनी टर्कीसँग ३–२ ले पराजित भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद