Media Network

केपी ओली कप : आज कर्णाली-बागमती र गण्डकी - सशस्त्र प्रहरी भिड्ने


खबरस्टोरी संवाददाता

८ मंसिर २०८०,शुक्रबार

कास्की । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी  प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज कर्णाली र बागमती प्रदेश तथा दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । 

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले प्रतिस्पर्धामा छन् । 

यसअघि हिजो बागमती प्रदेशले विजयी सुरुआत गरेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी (रातो)लाई एक सय नौ रनले पराजित गरी बागमतीले विजयी सुरुआत गरेको हो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद