Media Network

केपी ओली कप: गण्डकीलाई लुम्बिनीले दियो १ सय ४ रनको लक्ष्य


खबरस्टोरी संवाददाता

१० मंसिर २०८०,आईतवार

काठमाडौँ। पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले गण्डकीलाई १ सय ४ रनको लक्ष्य दिएको छ।पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनायो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३–२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।

बलिङमा गण्डकीका अमृत गुरुङले सर्वाधिक ३ विकेट लिए । चन्द्र पौडेलले २ र बिपिन खत्री, सुदीप अर्याल र दीनेश बुढामगरले समान १ विकेट लिए ।

गण्डकी प्रदेशले लुम्बिनीलाई पराजित गरेमा सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह बीमा गण्डकी, लुम्बिनीसहित सशस्त्र प्रहरी बल (एपीएफ) छ । समूह बीमा एपीएफ र गण्डकीको २–२ अंक र लुम्बिनी अंकविहीन छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद