Media Network

केपी ओली कपः उपाधिका लागि आज आर्मी र मधेश प्रदेश भिड्दै


खबरस्टोरी संवाददाता

१५ मंसिर २०८०,शुक्रबार

काठमाडौं । पोखरामा जारी ‘केपी ओली कप टी–२० क्रिकेट’ प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लब र मधेश प्रदेश।बीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको फाइनल खेल आज साढे १२ बजेबाट सुरु हुनेछ ।

आर्मी बागमती प्रदेशलाई हराएर फाइनलमा पुगेको हो । एपीएफलाई पराजित गरी मधेशले फाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

यसैगरी उपविजेताले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउनेछ । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार र बेस्ट बलरले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद