Media Network

महिला टी-२० सिरिज : जापानविरूद्ध ब्याटिङमा नेपाल


खबरस्टोरी संवाददाता

३ मंसिर २०८०,आईतवार

काठमाडौँ।चार देश सम्मिलित महिला टी–२० सिरिजको तेस्रो स्थानका लागि नेपाल र जापान खेलिरहेका छन्।हङकङ क्रिकेट क्लबको मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ।
खेलको ८ ओभर सकिँदा नेपाल ४० रन बनाएर खेलिरहेको छ। नेपालको २ विकेट गुमिसकेको छ।
ओपनर सीता रानामगर ५ रन बनाएर पेभेलियन फर्किएकी छन्। कप्तान इन्दु बर्मा २१ बलम १२ रन बनाएर आउट भइन्।
अहिल पुजा महतो र बिन्दु रावल ब्याटिङमा छन्।
लिग चरणको अन्तिम खेलमा जापानलाई ११४ रनको लक्ष्य दिएको नेपाल ६७ रनले विजयी भएको थियो।
 आजको खेल पनि जित्न सके नेपाल जारी सिरिजम तेस्रो हुनेछ। सिरिजको विजेता र उपविजेताका लागि हङकङ र तान्जानिया खेल्नेछन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद