Media Network

नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर नेपाल आइपुगेका छन् ।

शनिवार नेपाल आई पुगेका प्रभाकरले पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिममा प्रतिभाको कमी नभएको बताएका छन् । छोटो समयमै नेपाली टिममा परिवर्तन ल्याउने आत्मविश्वास दिलाएका छन् ।

‘नेपालमा आउन पाउँदा धेरै उत्साहित छु किनकि मेरा लागि चुनौती छ । जुन मैले स्वीकार गरेको छु । म नेपाललाई प्रवर्धन र सहयोग गर्दै राम्रो नतिजा दिन चाहन्छु । नेपाली टिमलाई अन्तर्राष्ट्रिय स्तरसम्म विकास गर्नका लागि चुनौती छ,’उनले भने ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद