Media Network

पिएसजीले रेनाटो सान्चेजलाई किन्यो


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौँ । पिएसजील पोर्चुगलका २४ बर्षिय मिडफिल्ड रेनाटो सान्चेजलाईे भित्र्याएको औपचारिक घोषणा गरेको छ ।

सान्चेजलाई पिएसजीले १५ मिलियन युरो तिरेर फेन्च क्लब लिलेबाट भित्र्याएकोे हो ।सान्चेजको पिएसजीका प्रशिक्षक क्रिष्टोफे गाल्टेइयरसँग दोस्रो पटक खेल्दैछन् । उनले लिलेमा प्रशिक्षक क्रिष्टोफेको प्रशिक्षणमा खेलेका थिए ।सान्चेजले लिलेबाट ९१ खेल खेलेका छन् भने ७ गोल पनि गरेका छन् । उनी लिलेमा रहदा २०२०–२१ सिजनको फ्रेन्च लिग र २०२१ को फ्रेन्च सुपरकप जितेका थिए ।

सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमका लागि अहिलेसम्म ३२ खेल खेलेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद