Media Network

पाकिस्तानलाई हराउँदै युएई यू–१९ एसिया कपको फाइनलमा प्रवेश


खबरस्टोरी संवाददाता

२९ मंसिर २०८०,शुक्रबार

काठमाडौं । युएई पहिलो पटक यू–१९ एसिया कप क्रिकेटका फाइलनमा प्रवेश गरेको छ। दुबईमा शुक्रबार भएको सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले हराउँदै युएईले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

पहिला ब्याटिङ गर्दै युएईले दिएको १९४ लक्ष्य पछ्याएको पाकिस्तान ३ बल बाँकी छँदा १८२ रनमै अलआउट भयो। पाकिस्तानका लागि कप्तान साद बैगले ५२ बलमा सर्वाधिक ५० रन बनाए भने अजान अविसले ७१ बलमा ४१ रन बनाए।यीदुईले तेस्रो विकेटका लािग ८४रनको साझेदारी गरेपनि त्यसपछि अन्यले गतिलो योगदान दिन सकेनन्। अन्त्यतिर आठौं विकेटका लागि अलि अस्फान्द र अमिर अहसनले ४४ रनको साझेदारी गर्दै टिमको आशा जिवितै राखेका थिए। अस्फान्दले १६ र हसनले २७ रन बनाए।

युएईका आइमन अहमद र हार्दिक पाइले समान २ विकेट लिँदा ओमिन रेहमन, ध्रुव पारासर र अम्मर बादमीले समान १ विकेट लिए।त्यसअघि पहिला ब्याटिङ गरेको युएईले कप्तान आयन खानको अर्धशतक मद्दतमा ४७।५ ओभरमा अलआउट हुँदै १९३ रन बनाए। आयनले ५७ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाए। यस्तै, ओपनर आर्यन्स शर्माले ७० बलमा ४६ रन बनाए।

यस्तै, इथान डिसुजाले ६३ बलमा ३७ रन बनाए भने तानिस सुरी र पारासरले समान १२ रन बनाए। पाकिस्तानका उविद शाहले ४ तथा अस्फान्द र अराफात मिन्हासले समान २ विकेट लिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद