Media Network

पोखरामा आजदेखि केपी ओली कप क्रिकेट


खबरस्टोरी संवाददाता

७ मंसिर २०८०,बिहीबार

पोखरा ।  पोखरामा आजदेखि केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा १५ गतेसम्म  हुने प्रतियोगितामा १२ टिम सहभागी छन् । 

प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन् ।

सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद