Media Network

प्रहरी हिरासतमा रहेका अनमोलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना


खबरस्टोरी संवाददाता

१३ आश्विन २०८०,शनिबार

काठमाडौ । अभिनेता अनमोल केसीलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ । स्वास्थ्यमा समस्या देखिएपछि अनमोललाई  अस्पताल भर्ना गरिएको हो ।

नायक अनमोल केसीलाई प्रहरीले हिजो मात्रै नियन्त्रणमा लिएको थियो । काभ्रेको साँगाबाट उनलाई नियन्त्रणमा लिइएको हो । यसपछि उनलाई नयाँ बानेश्वरमा प्रहरी वृत्तमा लगिएको थियो । त्यहाँबाट अनमोललाई स्वास्थ्य परीक्षण का लागि वीर अस्पताल लगिएको थियो । उनलाई आइतबार जिल्ला अदालत, काठमाडौँमा म्याद थपका लागि लैजाने तयारी प्रहरीको छ ।

सुदर्शन थापा फिल्मस्की प्रमुख सुप्रिया कटुवालको उजुरीको आधारमा प्रहरीले अनमोललाई पक्राउ गरेको हो । असोजको १० गते अनमोलले उच्च अदालत, पाटनबाट पक्राउ पुर्जी जारी नगर्ने स्टे अर्डर (निषेधाज्ञाको आदेश) लिएका थिए । तर, सुप्रियाले फेरि ‘आपराधिक विश्वासघात’को उजुरी दिएकी थिइन् । यसपछि, प्रहरीले अनमोललाई पक्राउ गरेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद