Media Network

सीईओ खुला प्रतिस्पर्धाबाट ल्याउन एन्फामा असन्तुष्ट समूहको माग


खबरस्टोरी संवाददाता

३ पुष २०८०,मंगलवार

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ९ जनाले हिजो सोमबारको केन्द्रीय कार्यसमिति बैठकबाट भएका निर्णय खारेजीको माग गरेका छन् ।काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उक्त समूहले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्ति गर्नेसहितका निर्णय खारेजीको माग गरेको हो ।

सीईओ खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्ने कर्मचारी नियमावलीमा स्पष्ट व्यवस्था भए पनि महासचिवले किरण राईले आफूखुसी सीईओ नियुक्ती गरेको खड्काको आरोप छ ।

उनले नियुक्तिका बारेमा खेलकुद परिषद् र खेलकुद मन्त्रालय उजुरी दिने र त्यहाँबाट पनि सम्बोधन नभए अदालत जाने चेतावनी दिएका छन् ।

यस्तै असन्तुष्ट समूहले मध्यपुर युथ एसोसियसनमाथिको निलम्बन फुकुवा गर्नु पर्ने माग पनि गरेको छ ।

सोमबारको बैठकले विधान विपरीत कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्म मध्यपुरलाई फुटबलका गतिविधिमा सहभागी हुन नदिने निर्णय गरेको थियो ।

पत्रकारसम्मेनल गर्नेमा खड्कासहित, उपाध्यक्षहरु विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यहरू पेमा डोल्मा लामा, रमेश व्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रविन्द्र चन्द र रुपेश अधिकारी छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद