Media Network

सलमान खानलाई बन्दुक राख्न अनुमति


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

एजेन्सी । मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र लाइसेन्स जारी गरेको छ ।

सलमानले गुण्डागर्दी गर्नेहरुको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिएको सोमबार एक अधिकारीले बताए ।लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएपछि प्रहरीले ती अभिनेताको सुरक्षा बढाएको थियो । सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नाङ्गे पाटिलसँग भेटवार्ता गरेका थिए ।

सलमानको आवेदनका आधारमा प्रहरीले उनलाई बन्दुकको लाइसेन्स जारी गरेको अधिकारीले बताए । सलमान र उनका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जून महिनामा पहिलो सूचना रिपोर्ट एफआईआर दर्ता भएको थियो ।मुम्बई प्रहरीको एक टोलीले यस मुद्दाको सम्बन्धमा दिल्लीमा बिश्नोईलाई केरकार गरेको ती अधिकारीले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद