Media Network

सल्टियो भागवत गीताको विवाद, फिल्मको नाममा परिमार्जनमा


खबरस्टोरी संवाददाता

२४ भाद्र २०८०,आईतवार

काठमाडौ । केहि दिनभित्रै पूदर्र्शनमा आउन लागेको फिल्म ‘एक भगवत् गीता’को शीर्षक परिवर्तन गर्ने सहमतिसँगै नामलाई लिएर उत्पन्न विवाद सल्टिएको छ । आइतबार दिउँसो चलचित्र विकास बोर्डमा फिल्मकर्मी, फिल्मको टिम र हिन्दूवादी संस्थाका प्रतिनिधिहरुबीच भएको २ घण्टा लामो छलफलबाट फिल्मको नयाँ शीर्षक ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राख्ने सहमति जुटेको हो ।

हिन्दू धर्मग्रन्थ ‘श्रीमद्भागवत गीता’को नाममा फिल्म बनाएको भन्दै हिन्दूवादी संस्थाहरुले आपत्ति जनाएका थिए । र, फिल्मको नाम परिवर्तनको माग राख्दै बोर्ड र सूचना मन्त्रालयमा निवेदन समेत बुझाएका थिए । यसपछि बोर्डले दुई पक्षबीचको विवाद मिलाउन तत्काललाई फिल्मको सेन्सर सिफारिस रोकेको थियो । विवाद मिलेसँगै आइतबार नै फिल्मले सेन्सर सिफारिस पाउने भएको छ ।

फिल्मको नयाँ शीर्षक निर्देशक दीपेन्द्र के। खनालले जुराएका हुन् । नामलाई लिएर सहमति जुट्न नसकिरहँदा उनले ‘एक भागवत् एक गीता’ शीर्षक सिफारिस गरेका थिए । त्यसमा हिन्दूवादी संस्थाका प्रतिनिधिहरु सकारात्मक देखिए । र, उनीहरुले शीर्षकमा ‘र’ थप्नुपर्ने तथा ब्राकेटभित्र सामाजिक कथा लेख्नुपर्ने सर्त अघि राखे । त्यसमा निर्माण टिम सहमत भएपछि विवाद सल्टिएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद