Media Network

सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित


खबरस्टोरी संवाददाता

१२ मंसिर २०८०,मंगलवार

पोखरा ।केपी ओली कप टी–२० क्रिकेटमा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ४ विकेटले पराजित भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ ।समूह सीमा नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश तीनै टिमले समान १ खेल जिते पनि रन रेटमा अघि रहँदै मधेश सेमिफाइनलमा पुगेको हो । यो समूहमा पुलिसले मधेशलाई ५७ रनले तथा मधेशले सुदूरलाई ८ विकेटले हराएको थियो ।

पोखरा रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको नेपाल पुलिसले २० ओभरमा ४ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ६७ रनको अर्धशतकीय पारी खेलेका थिए । ५१ बलको सामना गरेका कुशलले समान ५ चौका र ५ छक्का हानेका थिए ।

यस्तै सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन बनाए ।

जितका लाग १५९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले खेल सकिन ८ बल बाँकी छँदा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

सुदूरलाई जिताउन किरण ठगुन्नाले नट आउट अर्धशतकीय पारी खेले ।  ३४ बल मात्र खेलेका उनले ४ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए ।

नरेन साउदले ३९ तथा राजु रिजालले १९ रन बनाए । पुलिले सुदूरलाई १६ रन अतिरिक्त दिएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद