Media Network

यी हुन् नायिका परमिताको ‘सोलमेट’


खबरस्टोरी संवाददाता

५ भाद्र २०८०,मंगलवार

काठमाडौ । नायिका परमिता आरएल राणाले आफ्नो ‘सोलमेट’ सार्वजनिक गरेकी छिन् । सामाजिक संजालमा उनले ‘सोलमेट’ भन्दै भिडियो पोष्ट गरेकी छिन् । भिडियोमा परमिता यूवकसँग निकै खुशी देखिएकी छिन् । उनीहरुले, केराको पातमा खाना पनि खाएको देख्न सकिन्छ । परमिताका सोलमेट भारतीय यूवक हुन् भन्ने प्रष्ट थाहा हुन्छ । तर, परमिताले उक्त यूवकको नाम भने सार्वजनिक गरेकी छैनन् । एक साउथ फिल्ममा काम गर्ने भन्दै परमिता लामो समयदेखि भारतमा छिन् । भारतमा रहेको समयमा नै उनले आफ्नो ‘सोलमेट’ फेला पारेकी हुन् ।

परमिताले नेपाली फिल्म क्षेत्रमा काम नगरेको ५ बर्ष भयो । उनी, लामो समयदेखि मुम्बइमा रहेर काम गरिरहेकी छिन् । केही समय अगाडि उनी बैंकर रविना देशराजको बिहेमा सहभागी हुन नेपाल आएकी थिइन् । परमिताले अब भने आफ्नो जीवनका लागि फिट जीवनसाथी फेला पारेको वुझ्न सकिन्छ । भारतीय नागरिकसँग नै प्रेम सम्बन्धमा रहेकी परमिताले अब भने उतै घरजम गर्ने सुर कसेकी छिन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद