Media Network

यू -१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोली घोषणा


खबरस्टोरी संवाददाता

२० पुष २०८०,शुक्रबार

काठमाडौं । दक्षिण अफ्रिकामा आयोजना हुन लागेको यू १९ विश्वकप क्रिकेटका लागि नेपाली टिमको घोषणा गरिएको छ ।देव खनालकै कप्तानीमा नेपाली टोलीले यू १९ विश्वकप खेल्ने छ भने गुलसन झा पनि टोलीमा समेटिएका छन् ।

यू १९ विश्वकप क्रिकेटका लागि घोषणा गरिएको टोली यस प्रकार छ ।देव खनाल कप्तान, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसनकुमार झा, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् । 

विश्वकपका लागि नेपाली यू १९ टोलीको शुक्रबार विदाई हुने छ । नेपालले जनवरी २१ तारिखमा न्यूजिल्याण्डसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्ने छ । त्यसअघि १३ र १६ तारिखमा स्कटल्याण्ड र वेस्टइन्डिजसँग अभ्यास खेल खेल्ने छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद