Media Network

आईएमई लाइफ इन्स्योरेन्स अधिकतम ८० रुपैयाँसम्मको नयाँ बोनसदर सार्वजनिक


खबरस्टोरी संवाददाता

२ माघ २०८०,मंगलवार

काठमाडौँ।आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमितलाई प्रतिहजार अधिकतम ८० रुपैयाँसम्मको नयाँ बोनसदर सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष २०७९–८० को वित्तीय विवरणको आधारमा नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराएर नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार सार्वजनिक नयाँ बोनसदर अनुसार आईएमई लाइफका बीमितले प्रतिवर्ष प्रतिहजारमा न्यूनतम २२ देखि अधिकतम ८० रुपैयाँ बोनस पाउनेछन् ।
आईएमई लाइफका बीमितले सामूहिक बाल सावधिक बीमालेखमा बीमितले बीमा अवधि अनुसार प्रतिवर्ष प्रतिहजारमा ३२ देखि ७० रुपैयाँँसम्म बोनस पाउनेछन् । त्यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले प्रतिवर्ष प्रतिहजारमा ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म बोनस पाउनेछन् । यसैगरी अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा ३२ देखि ६३ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक बीमामा ३० देखि ६३ रुपैयाँ बोनस दर पाउनेछन् ।
त्यस्तै, बाल अग्रिम भुक्तानी सावधिकमा बीमाको अवधि अनुसार प्रतिवर्ष प्रतिहजार ३० देखि ६५ रुपैयाँसम्म, बाल अग्रिम भुक्तानी सावधिक बीमामा ३० देखि ६० रुपैयाँसम्म र वार्षिक अग्रिम भुक्तानी बीमालेखमा सबै अवधिमा २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद