Media Network

आजदेखि हवाई भाडा ६ प्रतिशत बढ्ने


खबरस्टोरी संवाददाता

१ श्रावण २०८०,सोमबार

काठमाडौं । वायुसेवा कम्पनीहरूले आजदेखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन् । सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएको थियो ।

आर्थिक वर्ष २०८०र०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ । तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ ।

हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री लगायतको खरिदमा तिरेको भ्याट कम्पनीहरूले फिर्ता पाउने भएकाले १३ प्रतिशत नै शुल्क नबढ्ने जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद