Media Network

आजदेखि सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक


खबरस्टोरी संवाददाता

२६ श्रावण २०८०,शुक्रबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका हेलिकप्टरलाई आजदेखि उडान गर्न रोक लगाएको छ ।बक्यौता रकम नतिरेका कारण प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई उडानमा रोक लगाएको हो । प्राधिकरणका अनुसार, सिम्रिकले विमानस्थल सेवा शुल्कबापतको ४६ लाख ४३ हजार रकम बुझाउन बाँकी छ ।

बक्यौता रकम तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि उडानमा रोक लगाउनुपर्ने अवस्था आएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । सिम्रिकले हाल ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद