Media Network

१० अंकले उक्लियो सेयर बजार


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से बढेको छ । नेप्से आज १० दशमलव २७ अंकले बढेर २१ सय २३ दशमलव ८२ अंकमा उक्लिएको छ ।  ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ११ अंकले बढेर चार सय नौं दशमलव ५६ अंकमा चढेको छ । 

नेप्सेमा आज दुई सय १९ वटा कम्पनीहरुको ४४ हजार दुई सय ४० पटकको कारोबारमा ६१ लाख छ हजार पाँच सय २१ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार दुई सय ३२ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये जीवन बीमा समुहको सुचक घटेको छ भने बाँँणिज्य बैंक, बिकास बैंक, फाइनान्स, जलबिद्युत, निर्जिवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरुको सुचक बढेका छन् ।

आज कारोबार भएका कम्पनीहरु मध्ये मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलबिद्युत कम्पनी आदिले कमाएका छन् भने नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड २, सामलिङ पावर लिमिटेड आदिले गुमाएका छन् । 

शिवम सिमेन्ट, नविल बैंक, फरवार्ड कम्क्युनिटी माईक्रो फाईनान्स लघुवित्त संस्था, शिवम सिमेन्ट आदिको भने आज बढी रकम कारोबार भएका छन् ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद