Media Network

अपर तामाकोशीको १ करोड ७० लाख कित्ता हकप्रद बोलपत्रद्वारा बिक्री खुला


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौँ।अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर बोलपत्रद्वारा बिक्री खुलाएको छ ।
कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर बिक्री गर्ने भएको हो । न्यूनतम प्रति शेयर मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन् । उक्त हकप्रदमा जुन सुकै व्यक्ति, कम्पनी वा संस्थाहरुले आवेदन दिन सक्ने छन् ।
सेयरमा आज शुक्रबारदेखि २९ गतेसम्म नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाण्डौबाट आवेदन दिन सकिने छ । यस्तै सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं, र लक्ष्मी सन्राईज बैंक लिमिटेडको तोकिएका शाखाहरुबाट पनि आवेदन दिन सकिने छ । सेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र नागरिक लगानी कोष रहेका छन् ।
यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद