Media Network

२० अर्बको ट्रेजरी बिल्समा तीन गुणा आवेदन


खबरस्टोरी संवाददाता

१७ पुष २०८०,मंगलवार

काठमाडौँ।सरकारले आन्तरिक ऋण भुक्तानी नगर्ने भएपछि नबिकरणका लागि सोमबार निष्कासन भएको २० अर्ब २५ करोडको ट्रेजरी बिल्सका लागि करिब तीन गुणा धेरै आवेदन परेको छ । उक्त ट्रेजरीका लागि ५८ अर्ब ६९ करोड रुपैयाँ बरावरको माग आवेदन परेको हो ।
सरकारका लागि केन्द्रीय बैंकले जारी गरेको उक्त ट्रेजरीको परिपक्क हुने अवधि भने फरक फरक छ । सोमबारको निष्कासन भएको ट्रेजरी मध्ये ७ अर्ब ७५ करोड बरावरको ९१ दिने, ५ अर्ब बरावरको १८२ दिने र ७ अर्ब ५० करोड रुपैयाँ बरावरको ३६४ दिने रहेको छ। यी तीनै प्रकारका ट्रेजरी बिल्सका लागि अधिक माग भएको केन्द्रीय बैंकले जनाएको छ ।
वित्तीय प्रणालीमा अधिक तरलता भएको समयमा ट्रेजरीको बिल्सको डिस्काउन्ट रेट पनि घटेर २ प्रतिशत भन्दा तल झरेको थियो । तर, पछिल्लो समयमा केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत तरलता खिचेपछि ट्रेजरीको डिस्काउन्ट रेट सामान्य बढेको छ ।
सोमबार निष्कासन भएको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.४०३१ प्रतिशत रहेको छ । उक्त ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले अधिक ३.४९०२ र न्यूनतम ३.१२१४ प्रतिशत बोल गरेका थिए । यसभन्दा अघि पुस ११ गते निष्कासन भएको ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.३४१० प्रतिशत रहेको थियो ।
त्यसैगरी सोमबार नविकरण भएको १८२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ३.९४०३ प्रतिशत कायम भएको छ । बैंक वित्तीय संस्थाले उक्त ट्रेजरीका लागि अधिकतम ४.१७०० र न्यूनतम ३.५४९९ प्रतिशत बोल गरेका थिए । यस भन्दा अघि पुस ३ गते निष्काशन भएको सोही अवधिको ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.८४६० प्रतिशत थियो ।
त्यसैगरी सोमबार नविकरण भएको ३६४२ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ४.४४५२ प्रतिशत कायम भएको छ । बैंक वित्तीय संस्थाले उक्त ट्रेजरीका लागि अधिकतम ४.६४७५ र न्यूनतम ४ प्रतिशत बोल गरेका थिए । यस भन्दा अघि पुस ११ गते निष्कासन भएको सोही अवधिको ट्रेजरीको औसत डिस्काउन्ट रेट ४.१४८९ प्रतिशत थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद