Media Network

अर्थमन्त्री महत र बेलायतकी परराष्ट्र राज्यमन्त्री आनमेरी बीच भेटवार्ता


खबरस्टोरी संवाददाता

१५ कार्तिक २०८०,बुधबार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ ।मंगलबार भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको अर्थमन्त्री डा. महतको सचिवालयले जनाएको छ ।

भेटमा बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन परराष्ट्र मन्त्रालयको सहयोगका लागि अर्थमन्त्री महतले आग्रह गरेका छन् ।

कोभिड–१९ महामारीका कारण नेपालको वित्तीय स्रोत साधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगाानीयोग्य पूँजीमा कमी भएकाले नेपालमा बाह्य लगानीको आवश्यकता रहेको अर्थमन्त्रीको भनाइ छ ।

उनले ग्लास्गोमा सम्पन्न कोप–२६ पछि बेलायतको प्राथमिकता हरित ऊर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको बताए । उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गरे ।

जलवायु परिवर्तनका असरहरु सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत मन्त्री महतले आग्रह गरे ।

उनले भूतपूर्व गोर्खाहरुको सम्बोधन गर्न बाँकी मागहरुको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानलाई आग्रह गरे ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद