Media Network

भारतबाट फेरी घटेर आयो पेट्रोलियम पदार्थको मुल्य


खबरस्टोरी संवाददाता

१६ श्रावण २०७९,सोमबार

काठमाडौं । भारतबाट फेरी पेट्रोलियम पदार्थको मुल्य घटेर आएको छ । 

भारतीय आयल कर्पोरेसन बाट सोमबार प्राप्त मुल्यसूची अनुसार डिजेल प्रति लिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रति लिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ । यस अघि पेट्रोल प्रति लिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रति लिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएपनि आयल निगमले भाउ घटाएको थिएन । 

मुल्य घटेर आएपछि अब निगमको नोक्शानी पाक्षिक करिब ७५ करोड झर्ने भएको छ । यो सँगै लामो समयपछि पेट्रोलको बिक्रीमा निगम नाफामा रहेको छ । अब पेट्रोलको मुल्य नघटाएमा निगमलाई पेट्रोलमा प्रति लिटर २ रुपैयाँको हाराहारीमा  नाफा रहने भएको छ । यद्यपी डिजलमा भने प्रति लिटर १० रुपैयाँ नोक्शान रहेको निगम स्रोतले बताएको छ । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा आएको गिरावट पछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको मुल्य घटेर आएको हो । हाल अन्तराष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मुल्य प्रति व्यारेल १०३ डलरको हाराहारीमा छ र यो अझै घट्ने अवस्थामा छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद