Media Network

भटमास, पाम र सूर्यमुखी तेलको निर्यातमा उच्च गिरावट


खबरस्टोरी संवाददाता

१२ आश्विन २०८०,शुक्रबार

काठमाडौँ।चालु आर्थिक वर्षको दुई महिनामा भटमास, पाम र सूर्यमुखी तेलको निर्यातमा उच्च गिरावट आएको छ । विगत केही वर्षहरुमा नेपालको कुल निर्यातमा खाद्य तेलहरु ( भटमास, पाम र सूर्यमुखी तेल )को हिस्सा उल्लेख्य रहेकोमा चालु आर्थिक वर्षमा भने यी वस्तुहरुको निर्यातमा भारी ह्रास आएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को प्रथम दुई महिनामा नेपालको कुल निर्यातमा यी तीनवटा वस्तुहरुको हिस्सा २७.१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको प्रथम दुई महिनामा यो हिस्सा ३.१ प्रतिशतमा खुम्चिई ८३ करोडमा सीमित भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार दुई महीनाको अवधिमा पामतेलको निर्यातमा ८६.७८ प्रतिशतले घटेको छ । यस्तै, सूर्यमुखी तेलको निकासी पनि ३७.१३ प्रतिशतले घटेको छ। त्यस्तै भटमासको निकासीमा पनि उच्च गिरावट आएको छ ।

नेपालबाट धेरै मात्रामा विदेश निर्यात हुने वस्तुमा वनस्पतिजन्य तेलमा आधारित उत्पादनको हिस्सा धेरै रहेको छ । भटमास, पाम र सूर्यमुखी तेलको आयात घटेपछि निर्यात समेत घटेको हो । यी तेलका कच्चापदार्थ आयत गरेर नेपालमा प्रशोधन गरेमा निर्यात गरिदैँ आएको छ । जसले गर्दा आयात घटेकाले पनि निर्यात घटेको हो।

विभागको तथ्यांकलाई केलाउँदा नेपाली मौलिक उत्पादनको निर्यातभन्दा प्रशोधन गरेर हुने निर्यात धेरै हुने गरेको छ । ठूलो मात्रामा कच्चा पाम आयल आयात हुने र प्रशोधन भई विभिन्न चरणमा निर्यात हुने भएकाले यसको निर्यात नेपालको निर्यात हुने वस्तुको अग्रसूचीमा पर्ने गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद