Media Network

बजेट कार्यान्वयनमा आउछ , शंका गर्नुपर्दैन : अर्थमन्त्री


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०८०,मंगलवार

काठमाडौँ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को बजेट कार्यान्वयनमा आउछ भन्दै शंका नगर्न आग्रह गरेका छन्।  उनले आज (मंगलबार )अर्थ मन्त्रालयमा  आयोजित पोसट बजेट पत्रकार सम्मेलनमा बोल्दै बजेटमा लक्ष्य पूरा गर्न सकिने गरि तोकिएको दावी गर्दै उनले यसलाई कामले प्रमाणित गरिने बताएका हुन्।

उनले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए । बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको उनले बताए ।

१७ खर्बको बजेटमा पूँजीगत प्रकृतिको बजेट ४ खर्ब ७१ अर्ब हाराहारी रहेको भन्दै पूँजीगत खर्च नघटाइयको उनले बताए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद