Media Network

बीमा समितिले १० कम्पनीलाई दियो ब्रोकर लाइसेन्स


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौ ।बीमा समितिले पुनर्बीमा ब्रोकरको काम गर्न १० कम्पनीलाई लाइसेन्स दिएको छ । आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई लाइसेन्स प्रदान गरिएको समितिले जनाएको छ । समितिले काम गर्छु भन्दै ५ करोड पूँजीसहित प्रक्रिया पूरा गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको जनाइएको छ । समितिले ब्रोकर लाइसेन्सका लागि सधै खुला राख्नेछ ।

पुनर्बीमा ब्रोकर (दलाल) सम्बन्धी निर्देशिका, २०७८ अनुसार चुक्ता पूँजी ५ करोड रुपैयाँ तोकिएको छ भने अधिकृत पूँजी १० करोड रुपैयाँ हुनुपर्नेछ । समितिका अनुसार अहिलेसम्म जेबी बोडा इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स, हब रि इन्स्योरेन्स ब्रोकर, एलियन्ट रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, फेडेरल रि इन्स्योरेन्स ब्रोकर्स लि, ग्लोबल इन्स्योरेन्स एण्ड रि इन्स्योरेन्स ब्रोकर्स प्रालि, ट्रष्ट इन्स्योरेन्स ब्रोकर्स प्रालि, एसटिसी रि इन्योरेन्स ब्रोकर, शुभ रि इन्स्योरेन्स सर्भिसेज र एवान रि इन्स्योरेन्स ब्रोकरले लाइसेन्स पाए लाइसेन्स पाएका छन् ।

नेपाली बीमा कम्पनीहरुले यस भन्दा अगाडी विदेशी ब्रोकर मार्फत पुनर्बीमा गर्दै आएका थिए । पुनर्बीमाका लागि ब्रोकर अनिवार्य छ । नेपाल पुनर्बीमा कम्पनीले नेपाली बीमा कम्पनीहरु सँग प्रत्यक्ष रुपमा पुनर्बीमा संझौता गरेर पुनर्बीमाको काम गर्दै आएको छ । त्यस्तै हिमालयनले पनि स्वदेशी बीमा कम्पनीहरु सँग प्रत्यक्ष रुपमा पुनर्बीमा गर्दै आएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद