Media Network

बुद्ध एयरको कमाई ९ महिनामै ७ अर्ब


खबरस्टोरी संवाददाता

२७ भाद्र २०७९,सोमबार

काठमाडौं । पछिल्लो समयमा नेपालको निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले राम्रै आम्दानी आर्जन गरेको छ । विदेशी पर्यटकको आगमन न्यूनै रहेको अवस्थामा पनि कम्पनी कोरोना महामारी अघिको भन्दा पनि बढी आम्दानी गरेको छ ।

कम्पनीले पहिलेको तुलनामा क्रमिक रुपमा आम्दानीमा छलाङ मार्न सफल भएको हो ।बुद्ध एयरले सन् २०२२ को ९ महिनामा  ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ। यो कोरोना महामारी सुरु हुनुअघिको भन्दा धेरै हो ।

महामारी सुरु भएपछि तीनवटा जहाज थप गरेको बुद्धले यो आम्दानी नेपाली यात्रुबाटै सम्भव भएको हो। यसअघि सामान्य अवस्थामा कूल आम्दानीको २० देखि २५ प्रतिशत अमेरिकी डलर आम्दानी हुने भएपछि अहिले पर्यटक आगमन धेरै नहुँदा खुम्चिएको छ। 

एयरलाइन्सको मासिक आम्दानीमा पनि बुद्धि भएको छ। यो वर्ष आएर बुद्धिले ८५ करोड मासिक आम्दानी गरेको छ। जबकी सन् २०१९ मा एयरलाइन्सले मासिक ५६ करोड आम्दानी गर्दै आएको थियो। 




Share:
Reaction :
ताजा समाचार
खेलकुद