Media Network

चार दिनमा ८५.९९ अंकले घट्यो नेप्से


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

काठमाडौं। पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अंकले घटेको छ ।  यस बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ ।साताको पाँचौ कारोबार दिन बिहीबार नेप्से १९.०६ अंक (०.९३ प्रतिशत) ले गिरावट हुँदा २०३७.८३ अंकमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो ।

नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा बिहीबार कारोबार रकम पनि घटेको छ । सामूहिक लगानी कोष उपसूचक बाहेक सबै उपसूचक घटेको छ । सामूहिक लगानी कोष उपसूचक ०.४६ प्रतिशतले वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक २.३८ प्रतिशतले गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.२३ प्रतिशतले घटेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद