Media Network

एक महिनामा भित्रिए ४६ हजार ९५७ जना विदेशी पर्यटक


खबरस्टोरी संवाददाता

२० असार २०७९,सोमबार

काठमाडौं । पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ । गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो । अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए । यो महिनाको तुलनामा मे महिनामा पर्यटकीय गतिविधिमा सुधार आएपनि पर्यटक भित्रिनेको संख्या छ । मे महिनामा ५३ हजार ६०८ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिल महिनाको तुलनामा यस महिना ४ हजार ७४० पर्यटक कम आएका हुन् । 

त्यस्तै, सन् २०२२ को जनवरीदेखि निरन्तर रुपमा बढेको पर्यटकहरुको संख्या मे महिना यता घटेको अध्यागमन विभागले जनाएको छ । मे महिनाको तुलनामा जुन महिनामा पनि पर्यटन आउने क्रम घटेको छ । गत जुन महिनामा ४८ हजार ९५७ जना पर्यटन नेपाल भित्रिएका छन् । यो संख्या गत मे महिनाको तुलनामा ६ हजार ६५१ कम हो । 

सन् २०२२ को जनवरी महिनामा १६ हजार ९७५ पर्यटक नेपाल भित्रिएका थिए । दोस्रो महिना अर्थात फेब्रअरी महिनामा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । जनवरीको तुलनामा फेब्रुरुअरीमा तीन हजारभन्दा बढी संख्यामा पर्यटक नेपाल आएका थिए । 

त्यस्तै, सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । यस महिना सबैभन्दा बढी भारतबाट पर्यटक आएको तथ्यांकमा उल्लेख छ । यस महिना  भारतबाट १५ हजार १३ जना पर्यटक नेपाल आएका छन ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद