Media Network

एक महिनामै प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १९ करोड २४ लाख जम्मा


खबरस्टोरी संवाददाता

१७ मंसिर २०८०,आईतवार

काठमाडौँ।गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि प्रभावित भएकाहरूको सहयोगका लागि उक्त रकम कोषमा जम्मा भएको हो । कात्तिक १८ गतेदेखि मंसिर १५ गतेसम्मको अवधिमा उक्त रकम ८१ जनाभन्दा बढी व्यक्ति तथा संघसंस्थाले कोषमा जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । 

जाजरकोट भूकम्पका कारण १५४ जनाको मृत्यु भएको थियो भने १३ जिल्लाका ६२ हजारभन्दा बढी घरमा क्षति गरेको थियो । 

भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितहरूको सहयोगका लागि कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो । त्यसपछि विभिन्न व्यक्ति तथा संघसंस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम जम्मा गर्दै आएका छन् ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद