Media Network

एक सातामा गोलभेडाको भाउ प्रतिकेजी ८० रुपैयाँले घट्यो


खबरस्टोरी संवाददाता

१३ भाद्र २०८०,बुधबार

काठमाडोँ।स्थानिय बजारमा भारतबाट आउने ठूलो गोलभेडाको भाउ घटेको छ । भारतमा उत्पादन बढेको र आयात पर्याप्त मात्रामा भएकोले भाउ घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय अधिकारीले बताए ।

भदौ ६ गते ठूलो गोलभेडा १५५ रुपैयाँमा किनबेच भइरहेको थियो । भारतमा उत्पादन बढेसँगै ठूलो गोलभेडाको भाउ ७५ रुपैयाँमा सिमित भएको छ । नेपालमा उत्पादन हुने ठूलो गोलभेडाको भाउ पनि आरालो लागेको छ ।

एक साता अघि ११० रुपैयाँमा किनबेच भएको ठूलो गोलभेडा अहिले ७५ रुपैयाँमा किनबेच भइरहेको छ । लोकल गोलभेडाको भाउमा भने सामान्य मात्र परिवर्तन देखिएको छ । सानो गोलभेडाको आजको भाउ प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद