Media Network

एनआईसी एशियाले सिधैं जम्मा गर्यो सेयरधनीहरूको बैंक खातामा लाभांश


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको लघुवित्तले जनाएको छ ।
लघुवित्तको पुस ६ गते सम्पन्न छैठौं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९÷८०को नाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न लघुवित्तले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ ।
नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरूको विवरण सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद