Media Network

एनआइसी एसिया ग्रोथ फण्ड २ को इकाईमा आजसम्म मात्र आवेदन दिन सकिने


खबरस्टोरी संवाददाता

१८ मंसिर २०८०,सोमबार

काठमाडौँ । एनआइसी एशिया क्यापिटल लिमिटेड निष्कास गरेको एनआइसी एशिया ग्रोथ फण्ड २मा आवेदन दिने आज (मंसिर १८ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले आज अर्थात मंसिर ४ गते प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।

जसमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद