Media Network

एशियाली सेयरबजार ५ महिना यताकै उच्च विन्दुमा, नेप्सेमा भने ०.०३ प्रतिशतको गिरावट


खबरस्टोरी संवाददाता

१२ पुष २०८०,बिहीबार

काठमाडौँ।केन्द्रीय बैंकहरुले ब्याजदर घटाउने संकेत गरेसँगै एशियाली सेयरबजार ५ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार जापान बाहिरको एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई १.४ प्रतिशतले बढेको छ । पछिल्लो दुई महिनामा एमएससीआई सुचांक ११ प्रतिशतले बढेको छ । आजको वृद्धिले एमएससीआई सूचांक अगस्ट महिना यताकै उच्च विन्दुमा पुगेको हो ।

यस्तै चिनियाँ सेयरबजारको ब्लु चीप सूचांक एएसआई ३०० आज २.३ प्रतिशतले बढेको छ । पछिल्लो समयमा चीनमा देखिएको आर्थिक सुस्तताका कारण ब्लु चीप सूचांकमा भएको वृद्धिले लगानीकर्तालाई आकर्षण भने गर्न सकेको छैन ।

भारतीय सेयरबजारको सूचांक बीएसई सेनसेक्स र एनएसई निफ्टीले दिनानु क्रममा ऐतिहासिक विन्दुमा पुगिरहेका छन् । आज निफ्टी ०.२८ प्रतिशतले बढेको छ भने सेन्सेक्स ०.३१ प्रतिशतले उकालो लागेको छ । जसकारण भारतीय सेयरबजारमा समेत हरियाली छाएको छ ।

तथापि नेपालको सेयरसूचांक नेप्सेमा भने ०.०३ प्रतिशतको गिरावट आएको छ ।

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले ब्याजदर घटाउने संकेत गरेसँगै अमेरिकी बन्ड तथा स्टक मार्केटमा वृद्धि देखिएको छ । क्रिस्मसपछि खुला भएको अमेरिकी सेयरबजारमा आज एसएन्डपी सूचांक ०.१ प्रतिशतले बढेको छ भने नास्डाक फ्युचर्स ०.२ प्रतिशतले बढेको छ । पछिल्लो दुई महिनामा अमेरिकाको एसएन्ड पी सूचांक १४ प्रतिशतले बढेको छ ।

सन् २०२२ को मार्च महिनादेखि ब्याजदर बढाउन सुरु गरेको फेडरल रिजर्भले आक्रामक शैलीमा ब्याजदर बढाएर ५.२५–५.७५ प्रतिशत पु¥याएको छ । सन् २०२४ मा ब्याजदर घट्ने संकेत पाएका लगानीकर्ता उत्साहित हुँदा सेयरबजारमा हरियाली छाइरहेको छ ।

यस्तै युरोपियन सेयर सूचांक युरोस्टक्स ५० फ्युचर्स सूचांक आज ०.४ प्रतिशतले बढेको छ भने एफटीएसई फ्युचर्स ०.३ प्रतिशतले बढेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद