Media Network

गृह मन्त्रालयको भवन निर्माणका लागि सर्टलिस्टमा ५ कम्पनी


खबरस्टोरी संवाददाता

१६ भाद्र २०७९,बिहीबार

काठमाडौं । गृह मन्त्रालयले नयाँ भवन निर्माणका लागि आह्वान गरेको टेन्डरबाट योग्य मध्येका ५ निर्माण कम्पनी सर्टलिस्ट गरेको छ। 

मन्त्रालयले जेठ ३१ आह्वान गरेको टेन्डरमा आवेदन दिएका मध्येबाट ५ कम्पनी सर्टलिस्ट गरेको हो। 

गृहले बिहीबार आर्थिक प्रस्ताव खोल्न सम्बन्धमा सूचना प्रकाशित गर्दै ५ योग्य कम्पनी छनोट गरेको हो। सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार भदौ २३ गते आर्थिक प्रस्ताव खोल्न गृहले जनाएको छ। 

गृहको भवन निर्माण गर्न गौरीपार्वती निर्माण सेवा, केएस कन्स्ट्रक्सन, कविन्द्र÷पीएम जेभी, माउन्टेन÷सत्यसोर जेभी र समानान्तर निर्माण सेवा रहेका छन्। यी मध्ये कम बोलकबोल गर्ने र योग्य कम्पनीले गृहको भवन बनाउने जिम्मा पाउने छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद