Media Network

गोरखाको लिगलिगकोटमा म्याराथन दौड प्रतियोगिता हुने


खबरस्टोरी संवाददाता

३ भाद्र २०७९,शुक्रबार

काठमाडौं । नेपाल एकीकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रवर्द्धन र प्रचार–प्रसारका लागि ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ ।

गोरखाका तीन स्थानीय तह र नेपाली सेनाको रिपुमर्द्धन गणको संयुक्त आयोजनामा ४० किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने गोरखा नगरपालिकामा नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए । तत्कालीन राजा द्रव्य शाहले गोरखा राज्याभिषेक गरेको दिनको अवसर पारेर भदौ २५ गते गोरखामा दौड प्रतियोगिताको आयोजना गरेको उनले बताए ।

जिल्लाभित्रका तीन स्थानीय तहमा पर्ने ऐतिहासिक महत्व बोकेका स्थललाई जोडेर दौडका लागि रुट तय गरेको सेनानी प्रकाश परियारले बताए।

प्रतियोगितामा प्रथम हुनेले एक लाख ५० हजार रुपैयाँ तथा द्वितीय र तृतीय हुनेले क्रमशः रु एक लाख र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा १० औँ स्थानसम्मका विजेतालाई नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिने छ । 

प्रतियोगिता सम्पन्न गर्न करिब र १५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। नेपाली सेनाको पहलमा विसं २०७६ देखि सुरु भएको प्रतियोगिता हरेक वर्ष गर्ने भनिएको भए पनि कोभिडका कारण गएको दुई वर्ष सञ्चालन हुनसकेको थिएन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद